आइतबार १९ मंसिर २०७८

काठमाडौं- चुकन्दरलाई सलादको रुपमा खाने गरिन्छ । यसको फाइदाबारे धेरै मानिसलाई थाहा छ । तर यसको पातको फाइदाबारे भने कमैलाई मात्र थाहा हुन्छ ।

चुकन्दरको साथ यसको पातहरु पनि एकदम गुणवान हुन्छ । जुन महिलालाई एनीमिया हुन्छ । उनिहरुको लागी चुकन्दर बरदान हो ।

यसले रगतको कमिलाई पुरा गर्छ । चुकन्दरको पातले पनि रगत कमि हुने व्यक्तिलाई रगत पुरा गर्नमा सहयोग गर्छ । यसमा आइरन धेरै मात्रमा पाईन्छ ।

चुकन्दरका फाइदा:

अकस्मात् दाँत दुखेमा चुकन्दरको रस खुवाउँदा दुखाई कम हुन्छ।

नियमित चुकन्दरको मन तातो रस पिलाउँदा बालबालिकाको दिमाग तेज हुन्छ।

चुकन्दरको रसले मालिस गर्दा बालबालिकाले आराम महशुस गर्छन्।

चुकन्दरको पात पिसेर बनाएको रस कपालमा लगाउँदा कपाल झर्नबाट बचाउँछ। नयाँ कपाल पनि पलाउँछ।

चुकुन्दरमा होमोग्लोबिनको मात्रा प्रशस्त हुन्छ।शरीरमा रगतको मात्रा कम भएमा चुकन्दर खुवाउँदा रगत अभावबाट बच्न सकिन्छ।

टाउको दुखेमा पनि चुकन्दरको रस मनतातो पारेर मालिश गर्दा ठीक हुन्छ।

बालबालिकालाई नियमित चुकन्दर खुवाएमा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ।


Last Updated on: February 24th, 2021 at 3:47 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया