शनिबार ११ मंसिर २०७८

आफैले माया गरेको मानिस प्रति यति धेरै घ्रि णा कसैले गर्न सक्छ होला ? कसैले पनि अनुमान गर्न सक्दैन । तर एक युवकले आफुले माया गरेकी पूर्व प्रेमिकालाई कसैले पनि कल्पना समेत गर्न नसक्ने सजाय दिएका छन् । बस यात्रामा रहेका बेलामा मानिसको भिडमै युवकले पूर्व प्रेमिकालाई ३० पटक भन्दा बढी च क्कु प्र हा र गरेका छन् ।

यो घटना मेक्सिकोमा भएको हो । युवकले प्र हा र गर्दा उनी पी डा ले कराइरहिन् । तर बस भरी भएका अन्य यात्रुहरु रमिते बनेर हेरिरहे । कसैले पनि उनलाई बचाउन सकेन । तर भाग्यवस ति युवती भने बाँचेकी छन् । सिनालोआ शहरमा भएको यो दुर्घटनापछि मानिसहरु डराएका छन् । ३३ वर्षकी यी महिलालाई भेट्न उनका पूर्व प्रेमी आएका थिए । कसैले पनि कल्पना गरेका थिएनन घटना यस्तो हुन्छ भनेर तर उनी अचानक महिलालाई प्र हार गर्न थाले । महिलाले गुहार मागिन् तर कोही पनि नजिक आउन सकेनन् ।

निकै चिसो भएका कारण यी महिलाले एउटा निकै मोटो ज्याकेट लगाएकी थिइन् । त्यो ज्याकेटले उनको ज्या जोगिएको छ । तर उनी घाइेत अवस्थामा छन् । उपचार सुरु गरिएको छ । यो ज्याकेटका कारण महिलाको कुनै पनि महत्वपूर्ण अंगमा क्षती पुगेन जसका कारण यी महिलाको ज्यान जोगियो ।

घटना पछि ति युवक त्यहाँवाट भागे । अनि मात्र त्यहाँ भएकाले उनलाई सहयोग गरे । त्यहाँ वाट भागेका ति युवकले पनि देह त्यागको प्रयास गरेका थिए । प्रहरीले उनलाई अहिले पक्राउ गरेको छ । स्थानीय मिडियाका अनुसार यो घटना भ्यालेन्टाइन्स डेको केही दिन पछि भएको थियो । घटनाको सिसिटिभी फुटेज हालै मात्र जारी भएपछि यसबारे थाहा भए पछि प्रहरीले अनुसन्धान गरेको हो ।


Last Updated on: February 24th, 2021 at 5:12 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१० पटक हेरिएको

तपाईको प्रतिक्रिया