शनिबार ११ मंसिर २०७८

चर्चामा आउन मानिसहरुले अनेक हर्कत गर्दछन् । ‘मिस्टर पर्फेक्सनिष्ट’का उपनामले समेत चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले पनि चर्चामा आउनको लागि अनेकन हर्कत गरेकी छिन् ।

केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् । पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् । यस्तै फन्डा गर्ने क्रममा इराले जंगलमा केही फोटोसुट गरेकी छिन् ।

 

इन्स्टाग्राममा ३ लाख ८१ हजार भन्दा बढी फ्लोअर्स कमाएकी इरालाई चर्चामा आउनकै लागि अनेकन हर्कत गर्ने गरेको प्रतिक्रया आउने गरेको छ । इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् । आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो ।

सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म दिए ।


Last Updated on: February 24th, 2021 at 7:09 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया