आइतबार १९ मंसिर २०७८

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटी नयाँ फिल्ममा जोडिएकी छिन् । भर्खरै प्रकाश सपुतको फिल्म परदेशी २ को छायांकन सकाएकी वर्षा हालै नयाँ फिल्ममा जोडिएकी हुन् ।


उनी अब फिल्म ‘कालीपुरुष’ पनि अभिनय गर्ने भएकी छिन् । राघव आचार्यले निर्देशन गर्ने फिल्म ‘कालीपुरुष मा उनी अनुबन्धित भएकी हुन् ।

इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यस फिल्ममा नव–नायक रमेश बाँनियाको पनि अभिनय रहनेछ । यो फिल्म सस्पेन्स थ्रिलर कथामा निर्माण हुने बताइएको छ । फिल्म फागुनको अन्तिममा छायाँकनमा जाने बताइएको छ ।


Last Updated on: February 24th, 2021 at 9:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया