सोमबार १३ मंसिर २०७८

काठमाडौँ । वास्तु शास्त्रमा शुभ र अशुभ कुराहरुको संकेतबारे व्याख्या गरिएको पाइन्छ।

जीवनमा घट्न विभिन्न घटनाक्रमहरुबाट विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ।

यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन्। धन प्राप्तिका लागि यस्ता संकेत देखिए शुभ मान्न सकिन्छः

१) दायाँ हातको हत्केला चिलायो भने तपाइँलाई धन हात पर्नेछ।

२) विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हुन सक्छ।

धोकेवाज हुन्छन् यी ६ प्रकारका पुरुष, कतिबेला लात हान्छन् पत्तै हुँदैन

३) यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ। यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ।

४) सपनामा हरियो घास, पात देखिएमा धन लाभ हुन सक्छ।

५) यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ।

६) पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत मान्न सकिन्छ।

७) सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन, सम्मान समेत मिल्न सक्छ।

८) कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ।


Last Updated on: February 24th, 2021 at 9:57 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया