शनिबार ११ मंसिर २०७८

पूर्व रानी कोमल शाहको जन्मदिनमा पूर्व युवराज पारस शाह पनि सहभागी भएको विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । नेपालमै भए पनि पूर्व युवराज पारस परिवारका साथमा छैनन् । उनी एक्लै बस्दै आएका छन् ।

पत्नी हिमानीसँग पनि उनको सम्बन्ध सुमधुर नभएका कारण उनी एक्लै बस्दै आएको बताइएको छ । पारसको व्यवहारका कारण हिमानी र परिवार टाढा भएको हो ।तर लामो समयपछि पारस र पत्नी पूर्व युवराज्ञी हिमानी शाह भेट भएका छन् । उनीहरूबिच केही कुराकानी पनि भएको बताइएको छ । तर उनीहरूले के कुराकानी गरे भन्ने कुरा भने खुलेको छैन ।

लामो समयदेखि टाढा रहेका यी दम्पत्ती बिच झापाको होटेल मेची क्राउनमा भेट भएको हो । सो बेला परिवारका सबै सदस्य उपस्थित थिए । उनी आमा कोमल शाहलाई जन्मदिनको शुभकामना दिन पुगेका थिए । श्रीमान् पारससँग लामो समयपछि भेट गरेकी हिमानीले सकारात्मक प्रतिक्रिया दिएकी छन् । दुई जना भेटिएको खबरसँगै उनीहरूको शुभचिन्तकले हिमानीलाई माफी दिनु भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् ।

पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह एकसाथ देखिएका छन् ।

झापाको होटेल मेची क्राउनमा शुक्रवार पूर्व युवराज दम्पती एकसाथ देखिएका हुन्। पूर्व राजा ज्ञानेन्द्र र उनी पत्नी कोमल केही समययता झापामै बसिरहेका छन्। २००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट कोमलको जन्म भएको हो ।सोही कारण हरेक प्रजातन्त्र दिवसको दिन कोमलले पनि आफ्नो जन्मदिन मनाउने गर्दै आएकी छन् ।

यसअघि पनि पूर्व राजा ज्ञानेन्द्र पत्नी कोमलसहित अङ्ग्रेजी पात्रोको नयाँ वर्ष जनवरी फस्टको साँझ पनि मेचीनगर-८, धुलाबारीस्थित मेची क्राउनमा आएर बसेका थिए । त्यस बेला पूर्व राजा शाह नाच्दै रमाउँदै गरेको भेटिएका थिए । त्यहाँ उनले ‘शायद तिम्रो बाटोमा’ बोलको मधुर गीतमा नाचेको भिडियो सार्वजनिक भएको थियो ।

गत पुस १२ गते पूर्व राजा ज्ञानेन्द्र काठमाडौँबाट झापा आएका हुन् । उनी हरेक वर्ष जाडो छल्न झापाको दमकस्थित हिमालय चिया बगानभित्र रहेको मिनी दरबार मा आउने गरेका छन् ।

स्रोतका अनुसार उनी झापामा रहँदा विगतमा जस्तो राजनीतिक भेटघाटमा छैनन् । मुलुकमा गणतन्त्र स्थापनापछि नागरिक बनेका उनी महत्त्वपूर्ण अवसरहरूमा राजनीतिक अभिलाषासहितको अभिव्यक्ति दिन्छन् । तर, प्रतिनिधिसभा भङ्ग भएयता उनको कुनै प्रतिक्रिया आएको छैन ।

पत्नीको जन्मोत्सव मनाउन पूर्व राजा झापाको फाइभ स्टार होटेलमा

हिमानीले पनि शुभचिन्तकको चाहना अनुरूपकै प्रतिक्रिया दिएकी छन् । श्रीमान् पारससँगको तस्बिर सार्वजनिक गर्दै हिमानीले जीवन प्रतिशोधका लागि प्रेमका लागि हो भन्दै स्ट्याटस लेखेकी छन् । उनको यो स्ट्याटसले हिमानीले पारसप्रति माया देखाएको बुझ्न सकिन्छ । उनको यो स्ट्याटस अहिले निकै भाइरल भएको छ ।


Last Updated on: February 25th, 2021 at 2:31 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया