मंगलबार १४ मंसिर २०७८

फिलिपिन्सकी एक किशोरी मेरी यान रेगा चोले नाकमा आएको डण्डीफोर नि चो रेपछि अहिले उनको अनुहार सु न्नि एर बेलून जस्तै भएको छ । नाकको छेउमा आएको सानो डण्डीफोर नि चो रे पछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएको हो । र अहिले आँखा समेत हेर्न गाह्रो परेको छ ।

मेरीको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो । अति नै भएपछि उनले डण्डीफोर नि चो रिन् । त्यसको केही दिनपछि उनलाई अलिअलि दुख्न थाल्यो र बिस्तारै दुखाइ बढ्दै गयो र अनुहार सुन्निन थाल्यो । उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन ।

उनका श्रीमान “अल्बर्ट सालेस” छिमेकीको घरमा पार्टटाइम काम गर्छन् । उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकिरहेका छैनन् । जिन्दगीभरि सुन्निएको अनुहार लिएर बस्नुपर्ने भयो भनी रेगाचोले पीर मानेकी छन् । डेकिमेल ले सार्वजनिक गरेको उनको भिडियो ।


Last Updated on: February 25th, 2021 at 6:04 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया