मंगलबार ०८ आषाढ २०७८

काठमाडौँ । तपाईँ हामीमा अचम्मका बिभिन्न आनीबानीहरु छन्। जुन हामीले जान अन्जानमा दैनिक जीवनमा निरन्तर गरिरहेका हुन्छौँ। यस्तै मध्येको एक अनौठो बानी हो औँला पड्काउनु।

के तपाईँले पनि औँला पड्काउनु हुन्छ ? त्यसो गर्दा किन आवाज आउँछ होला ? यसबारेमा हालै वैज्ञानिकहरुले अनुसन्धानबाट अनौठो कारण पत्ता लगाएका छन्।

अमेरिका र फ्रान्सका सोधकर्ताहरु भन्छन् की यसको कारण गणितको तीन समीकरणको मद्धतबाट बताउन सकिन्छ।

त्यसको मोडल अनुसार हड्डिको जोर्नीमा हुने तरल पदार्थ र त्यसमा बुलबुले अर्थात फोका फुट्ने प्रक्रियाका कारण आवाज उत्पन्न हुन्छ।

अचम्म र तपाईँ हामीलाई हैरान पार्ने कुरा त के छ भने यस विषयमा निकै लामोे समयसम्म बहस भयो। यदि एक व्यक्तिले यस बानीका कारण बारम्बार औंलाले पड्काउँछ भने उसलाई घुँडाको जोर्नी दर्दनाक रोगबाट ग्रस्त हुन सक्छ।

बेलायती अंग्रेजी अखबारको रिपोर्ट अनुसार यो बानीले जोर्नी बाथ रोग निम्त्याउन सक्छ किनकी औंलाहरूका हड्डीहरू अस्थिबन्धनले एक अर्कामा जोडेको हुन्छ, तर जब पनि उनीहरूले आफ्नो औंला पड्काउँछन्, हड्डीहरू चकनाचूर हुन्छन्।

यदि कसैले बारम्बार आफ्नो औँला पड्काउँछ भने त्यस हड्डिले अर्को हड्डिलाई असर पारेको हुन्छ जसले गर्दा हाम्रो हात या खुट्टाका सबै हड्डि र जोर्नी दुख्न थाल्छन् र कमजोर हुन्छन्।

फ्रान्समा विज्ञान विषय अध्ययनरत एक छात्र विनीत चंद्रन सुजा कक्षामा औँला पड्काउँदै थिए । उनको ध्यान त्यसबाट उत्पन्न आवाजमा पुग्यो र उनले त्यसबारेमा पत्ता लगाउने प्रयासमा लागे।

उनले आफ्ना गुरु डा अब्दुल बरकतसँग गणितीय समीकरणको एक सिरीज तयार गरे जसको सहयोगमा औँला वा जोर्नी पड्काउँदा वा तन्काउँदा किन आवाज आउँछ ? भन्ने तथ्य पत्ता लाग्यो।

फोका फुट्छ

पहिले समीकरणबाट पत्ता लाग्यो की जव हामी आफ्नो औँला पड्काउँछौँ हाम्रो हड्डीको जोर्नीमा अलगअलग दबाब उत्पन्न हुन्छ।

दोस्रो समीकरणबाट फरक फरक दबाबबाट फोकाका साइज पनि अलग अलग हुन्छ। र तेस्रो समीकरणमा अलग अलग साइजका फोकालाई आवाज निकाल्ने फोकासँग जोडेर हेरिएको छ।

यी सबै समीकरणबाट एउटा पूरा गणित मोडल बनेको छ, जुन औँला पड्काउँदा किन आवाज निस्किन्छ भन्ने तथ्य बताउँछ।

जव हामीले आफ्नो औँला पड्काउँछौँ वा तन्काउँछौँ त्यससमयमा दबाब पर्छ। फोका वा बुलबुले तरल अवस्थामा हुन्छ।

यसलाई साइनोवियल फ्लुड भनिन्छ। औला पड्काउने प्रक्रियामा जोड वा दबाबको मात्रा बदलिन्छ। जसका कारण फोका वा बुलबुले पनि तीब्र रुपमा घट्छ बढ्छ अनि आवाज उत्पन्न हुन्छ।

बिपरित सिद्धान्त
यस मोडल अनुसार दुई बिपरीत सिद्धान्तमा एक सम्बन्ध बनेको छ। फोका फुट्दा आवाज आउँछ भन्ने तथ्य यसअघि सन् १९७१ मा पनि आएको थियो।

तर ४० वर्षपछि यस नयाँ प्रयोगले नयाँ चुनौती पनि खडा गरेको छ। औँला पड्काएको केहीबेरसम्म पनि फोका तरल अवस्थामा नै हुन्छ। उनको यस अध्ययनलाई साइन्टिफिक रिपोर्टस जर्नलमा प्रकाशित गरिएको छ।


Last Updated on: January 13th, 2021 at 6:24 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया