आइतबार १९ मंसिर २०७८

वास्तुशास्त्रमा फूल र रुखको निकै महत्व रहेको छ । यदि घर र अफिसमा रुख छ भने सकारात्मक ऊर्जाको विकास हुन्छ । तर, त्यस्तो रुख वा फूल सही दिशामा लगाउनुपर्छ । त्यसमा पनि रंगको धेरै महत्व हुन्छ ।

यश प्राप्तिका लागि रातो फूल

आधुनिक वास्तु विज्ञानुअनुसार रातो फूलले जीवनमा उत्साह र उमंग ल्याउँछ । यस्तो रंगको फूललाई बगैंचा या घरको दक्षिण क्षेत्रमा लगाउनुपर्छ । यो दिशामा लगाएमा प्रसिद्धि र यश प्राप्ति हुन्छ । यसबाट श्रीमान् श्रीमतीबीच प्रेम बढ्छ ।

शान्ति प्राप्तिका लागि सेतो फूल

यदि तपाई मन शान्ति राख्न चाहनु हुन्छ भने बगैंचा या अफिसको पश्चिम दिशामा चाँदनी, मोगरा, चमेली जस्ता फूल लगाउनुहोस् । यस्तो फूल पश्चिम दिशामा लगाउनाले बच्चाका लागि फाइदा हुन्छ ।

उन्नतिका लागि नीलो फूल

बगैंचाको उत्तर क्षेत्रमा नीलो रंगको फूल लगाउनाले व्यक्तिको जीवनमा स्थिरता र स्वच्छता कायम रहन्छ । नीलकमल, पटसन, असोनिया जस्ता नीलो रंगको फूल लगाउन सकिन्छ । यसले तपाईको व्यावसायिक प्रगति दिलाउँछ । जीवनमा आइपर्ने दुःख र कष्ट निवारण हुन्छ ।

पारिवारिक सुख शान्तिका लागि हरियो रुख

बगैंचाको पूर्व दिशामा हरियो रंगको रुख रोप्नुहोस् । यसले परिवारका सबै सदस्य स्वस्थ रहन्छन् । साथै एकता कायम रहन्छ । यसका लागि पुदिना र खसखसको रुख लगाउन सकिन्छ ।


Last Updated on: February 25th, 2021 at 8:07 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया