शनिबार ११ मंसिर २०७८

साउथ स्टार प्रभाषको फिल्म राधे श्याम र आलिया भट्ट अभिनित फिल्म ‘गांगुबाई काथियावाडी’ एक साथ प्रदर्शनमा आउने भएका छन् ।

प्रभाषको मूख्य अभिनय रहेको फिल्म ‘राधे श्याम’ जुलाइको ३० तारिख रिलिज हुँदैछ भने आलियाको गांगुबाई काथियावाडी’को रिलिज मिति पनि सोही दिन राखिएको छ । यी दुवै फिल्म एकैदिन भीड्ने भएका छन् ।

संजयलिला भन्सालीको निर्देशनमा बनेको फिल्म ‘गांगुबाई काथियावाडी’ ‘द माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित रहेको छ ।

यस फिल्मको हालै टिजर सार्वजनिक गरिएको थियो । फिल्म राधे श्याम पनि राधाकृष्ण कुमार निर्देशन गरेका छन् । यस फिल्म हिन्दी, अंग्रेजी र तेलुगू भाषामा रिलिज हुँनेछ । फिल्ममा प्रभाष, पूजा लगायतका कलाकारको अभिनय रहेको छ । यी दुवै पिःल्म हेर्न दर्शक उत्साहित भएका छन् ।


Last Updated on: February 25th, 2021 at 8:17 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया