आइतबार ३० जेठ २०७८

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

उनलाई आमा बुवाले पनि गुडिया जस्तै हुर्काएका थिए । एंजेलिकाको सुन्दर प्रकृतिको वरदान हो । उनले आजसम्म कुनै सर्जरी गरेकी छैनन् ।

एंजेलिकाले प्राकृतिक तरिका र एक्सरसाइजको सहयोगले आफ्नो सुन्दरता जोगाइराखेकी हुन् ।

अर्कोतर्फ उनी सुन्दर भएकै कारण दुःखमा परेकी छिन् । उनलाई आमा बुवाले नै बाहिर जानमा प्रतिबन्ध लगाएका हुन् । एंजेलिका एकदिन घरबाट बाहिर निस्केर आफ्नै तरिकाले जिन्दगी जिउँन चाहेपनि निक्लन भने पाएकी छैनन् ।

उनले आजसम्म कोहीसँग कुनै सम्बन्ध बनाएकी छैनन् र उनी जिन्दगीमा फिट नभई एक गुडिया बनेकी छिन् ।



उनले अभिभावकले बनाइदिएको सुची अनुसार डायट र एक्सरसाइजको कारण आफु फिट भएको पनि बताएकी छिन् । एजेन्सी


Last Updated on: January 13th, 2021 at 6:39 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया