मंगलबार १४ मंसिर २०७८

शुक्रबार देशका प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।

आज दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ । शको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।


Last Updated on: February 26th, 2021 at 7:41 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया