शनिबार ११ मंसिर २०७८

हप्ताको पहिलो दिन आज पनि सुनचाँदीको भाउ घटेको छ ।आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।यसअघि अस्ति शुक्रवार पनि सुन तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७ सय ३५ डलर छ । भाउ घटेर प्रतिऔंस १७ सय डलरमा झर्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा १० रुपैयाँले घटेर १३ सय २५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।फाल्गुन महिनाको पहिलो दिन तोलामा ९० हजार ८ सय कायम भएको सुन त्यसपछिका दिनहरूमा सो मूल्यभन्दा माथि पुगेको छैन


Last Updated on: February 28th, 2021 at 3:52 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया