मंगलबार १४ मंसिर २०७८

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्कीले शनिवार आफ्नो जन्मदिन माल्दिभ्समा बनाएकी छिन् ।

शनिवारबाट ३३ वर्ष भएकी प्रियंकाले यसपटकको जन्मदिन माल्दिभ्समा पति आयुष्मान देशराज जोशीसँग मनाइरहेकी छिन् । उनीहरुले आफ्नो म्यारिज एनिभर्सरी पनि उतै मनाएका छन् । उनीहरुले गएको बर्ष फागुन १६ गते लगनगाँठो कसेका थिए ।

शनिवार प्रियंकाले आफुहरुले माल्दिभ्समा मनाएको जन्मदिन र म्यारिज एनिभर्सरीको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । तस्बिरमा उनीहरु एकसाथ डिनर गरेका छन् । तस्बिरमा दुवैलाई रोमान्टिक मुडमा देखिएको छ । उनीहरुले चुम्बन पनि गरेका छन् ।

खासमा माल्दिभ्समा प्रियंकाको जन्मदिन रुसलान् भोड्काको प्रायोजनमा भएको हो । प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा रुसलान् भोड्का नाम अंकित कपको एक तस्विर पनि राखेकी छिन् ।


Last Updated on: February 28th, 2021 at 7:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया