सोमबार १३ मंसिर २०७८

— अनारको बोक्रो पिसेर स्तनमा १० दिनसम्म लेप लगाउनाले स्त’न कसिलो हुन्छ ।— स्त’न विकास गर्नको निमित्त पानीमा तैरनु, उफ्रनु, कुद्नु राम्रो मानिन्छ ।

— फिटकिरी, कपुर, ओखर र अनारको बोक्रालाई बराबर मात्रामा मिलाई पिसेर स्त’नमा लगाउनाले स्त’न टा’इट एवम् आकर्षक हुन्छन् ।— चिसो पानीको फोहोरा स्त’नमा लगाउनाले स्तन कसिला हुन्छन् ।

— कपडालाई हलुका रुपमा तताई स्त’न सेक्नाले स्त’न बढ्दछ ।— धाराको पानी स्त’नमा खसाल्नाले स्त’न कसिलो हुन्छ । मेरो डाक्टर’ पुस्तकबाट

यस्तो छ बर्रोको औषधीय महत्व
हर्रो र बर्रो एक अर्काको सट्टामा प्रयोग हुने गर्छ तर हर्रोमा पाइने Chebulic acid बर्रोमा हुँदैन ।Tannin निकाल्न बर्रो उपयोगी हुन्छ । Tannin खाद्यपदार्थ कुहाउन, छाला नरम पार्न, वस्तुलाई धेरै समय टिकाउन, रंग जमाउन र चमक ल्याउने काममा उपयोग गरिन्छ ।

बर्रोको बिरुवामा बढी Tannin क्रमश फल, जरा, बोक्रा, काठको चुर्रो र पलासमा पाइन्छ । औषधीका लागि हरियै तर परिपक्क फलहरू सुकाई, उपयोग गरिन्छ । फलको गुदी दाँत बलियो बनाउन, गिजाबाट रगत आउने, बबासिर, दिशा पखाला, कोढ, मन्दज्वर आदिमा उपयोग हुने गर्छ ।

फलको धुलोबाट बनेको चुर्ण ग्याष्टिक, कब्जीयत, खोकी र दमको रोग कम गर्दछ । आँखामा संक्रामक रोग लागेमा १ रात फल भिजाएको पानीले धोएमा फायदा पुग्छ ।बीउबाट ३८% तेल निस्कन्छ । जो साबुन बनाउन, कपालमा लगाउन, यदा कदा खानेतेलको रूपमा र बाथको रोगमा मालिस गर्न यसको प्रयोग हुने गर्छ ।

बीउमा भएको प्रोटिनलाई गम बनाउने र बिजपत्र निकालिएका खालि फललाई मसि बनाउन प्रयोग गरिन्छ । मुख्य रूपमा बर्रो छाला, कपडा, रंग, आयुर्वेदिक औषधि उद्योगहरूमा खपत हुन्छ । यो भारत बाहेक न्युजिल्याण्ड, हँगेरी, बेल्जियम, जापान, बेलायतमा निकासी हुने गरेको छ ।


Last Updated on: February 28th, 2021 at 9:01 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया