शनिबार ११ मंसिर २०७८

काठमाडौँ । नयाँ सवारी साधन खरिद गर्दा सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने व्यवस्था गरिएको छ।

नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

६९ दिनदेखि अनशनमा गंगामाया, अवस्था चिन्ताजनक

विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ खरिद गरिने सवारी साधनले दर्तादेखि नै अनिवार्य रूपले इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू गर्न लागिएको जानकारी दिनुभयो।

उहाँका अनुसार विभागले यसै महिनादेखि नै यो प्रावधान लागू गर्न लागेको हो।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।


Last Updated on: March 1st, 2021 at 11:59 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया