आइतबार १९ मंसिर २०७८

काठमाडौं। बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफले बलिउडमा इन्ट्री गरेकी छिन् । उनले फिल्म ‘टाइम टु डान्स’मार्फत बलिउडमा प्रबेश गरेकी हुन् ।

हालै इसाबेल अभिनित फिल्म ‘टाइम टु डान्स’को ट्रेलर पनि रिलिज भएको छ । ट्रेलरमा इसाबेलसँग सुरज पन्चोली देखिएका छन् । सुरज आदित्य पन्चोलीका छोरा हुन् । जसलाई अभिनेता सलमान खानले २०१५ मा फिल्म हिरो मा ल्याएका थिए ।

लिगेल डिसुजाको निर्देशन रहेको फिल्म ‘टाइम टु डान्स’ २०२१ को मार्च १२ मा रिलिज हुँनेछ । एक रोमान्टिक प्रेमकथामा बनेको यस फिल्ममा वालुस्चा डिसुजा र राजपाल यादव पनि देखिनेछन् ।


Last Updated on: March 1st, 2021 at 12:22 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया