सोमबार १३ मंसिर २०७८

अहिले को समयमा चर्चित बाल गायिका भनेर चिनिने समिक्षा अधिकारी र मुस्लिम परिवारमा जन्मेर पनि धर्मले नाच गान गर्न हुदैन भने पनि आफ्नो प्रतिभा देखाउनु पर्छ भनि संगीतमा आएका अलिफ खानको आवाजमा रहेको बनैमा मनैमा” बनचरि ” गीत सार्बजनिक भएको छ।

समिक्षा अधिकारीको स्वर धेरै ले मनपराउने भएकाले पनि उनले अहिले सम्म धेरै गीतहरु गाएर सबैको मन मुटुमा बस्न सफल भएकी छिन। भने अलिफ खान पनि पछिल्लो समयमा धेरै नै चर्चीत भएका छन। अहिले अलिफले दर्जनौ गीतहरु गाइसकेका छन।

The Divine Musicयुटु ब च्यानलबाट रिलिज भएको बनैमा मनैमा ” बनचरी “गीतमा समिक्षा अधिकारीको पनी आवाज रहेको छ। उक्त गीतमा यादब लम्साल को शब्द र अर्जुन पोख्रेल को संगीत रहेको छ।

यस म्युजिक भिडियोमा कलाकारहरु अजय श्रीस ,चाहना बस्याल ,रञ्‍जित पौडेल ,समिक्षा पोख्रेल को अभिनय रहेको छ। यस गीतलाई अहिले सम्म ३ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन् भने १९ हजार भन्दा बढीले मन पराएका छन।


Last Updated on: March 1st, 2021 at 4:01 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया