आइतबार १९ मंसिर २०७८

काठमाडौँ । आजको समयमा धेरैजसो मानिस मोटोपनको समस्याबाट हैरान हुने गर्दछन्। बढिरहेको वजनका कारण कुनै व्यक्तिको व्यक्तित्व पूर्ण रुपमा खराव हुने गर्दछ।

कहिलेकाही मोटोपनका कारण दोस्रो व्यक्तिका सामु लज्जित हुनु पर्दछ। मोटोपनका कारण शरीरमा विभिन्न किसिमका रोगको खतरा हुने गर्दछ।

त्यसैले मानिस आफ्नो वजन कम गर्नका लागि विभिन्न उपाय अप्नाउने गर्दछन्, तर पनि त्यसले उनीहरुको वजनमा कमी आउँदैन्।

आज हामी केही यस्ता तरिकाका बारेमा जानाकारी दिदैछौँ, जसका कारण तपाईको वजन सजिलै घट्न सक्छ।

मुख धुँदा साबुनको सट्टामा प्रयोग गर्नुहोस् यी चिज, मिल्छ प्राकृतिक…

१) यदी तपाई आफ्नो वजन कम गर्न चाहनुहुन्छ भने एक गिलास मन तातो पानीमा कागती र अदुवाको रस मिलाउनुहोस्। यसो गर्दा तपाईको पेटमा जम्मा एको फ्याट सजिलै कम हुने गर्दछ।

२) एक गिलास पानीमा धनियाको धूलो राखेर राम्रोसँग उमाल्नुहोस्। जब पानी आधा हुन्छ, तब त्यसलाई छानेर चिसो हुन दिनुहोस्। यस पानीलाई दिनमा २ वा ३ पटकसम्म पिउनुहोस् । यसो गर्दा तपाईको वजन तिब्र रुपमा बढ्न थाल्दछ।

३) तपाईको खानामा कम्पलेक्स कार्बोहाइडेट्स जस्ता चीज जस्तै जौँ, कोदो, गहुँ सामेल गर्नुहोस्। यसबाहेक हरियो तरकारी र सिजन फुलफुलको सेवन गर्नुहोस्। यस्तो डाइट लिदा सजिलै तपाईको वजन घटन थाल्दछ।

४) वजन कम गर्नका लागि मेवा फाइदाजनक हुने गर्दछ। यसले तपाईको पेटमा बोसो जम्मा हुन पाउँदैन्।यदी तपाई आफ्नो वजन कम गर्न चाहनुहुन्छ भने आफ्नो डाइटमा मेवा अवश्य सामेल गर्नुहोस्।

यस बाहेक दालचिनी पनि तपाईको वजन घटाउन लाभदायिक हुने गर्दछ। हरेक दिन दालचिनीको धूँलो एक गिलास पानीमा मिलाएर खाने गर्नुहोस्।


Last Updated on: March 1st, 2021 at 8:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया