शनिबार ११ मंसिर २०७८

काठमाडौँ। कोठी प्रायः सबै मानिसको शरीरमा हुने गर्छ । गोरो अनुहारमा कालो कोठीले थप सुन्दरता निखारेर ल्याउँछ । तर कमैलाइ मात्र थाहा हुन्छ कि कुन अंगमा कोठी हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ । आज हामी तपाईलाइ यसैको बारेमा जानकारी दिन जाँदैछौँ ।

भनिन्छ आँखाको तल कोठी हुनेहरु यस्ता व्यक्ति प्रेममा पागल हुन्छन् र धेरै सहयोगी जनि हुन्छन् ।
औँलामा कोठी भएका व्यक्तिहरु कार्यकुशल र न्याय प्रिय हुन्छन् ।
चोर औँलामा कोठी हुने व्यक्ति विद्दवान ,गुणवान र धनवान हुन्छन् भने यिनिहरुका शत्रुहरु भने धेरै हुन्छन्।

दायाँ आँखाको कुनामा कोठी हुनेहरु अलि भावुक र दृढ स्वभावका हुन्छन् ।

माझि औँलामा कोठी भएकाहरु व्यक्तिहरुको जिवन शान्ति र सुखमय तरिकाले बित्छ ।

आँखाको तल नाकको छेउमा कोठी हुने मान्छे रहस्यमय हुन्छ र त्यस्ता व्यक्तिलाई बुझ्न गाह्रो हुन्छ ।

यदि कुनै मान्छेको नाकको फेदका कोठी छ भने त्यस्ता व्यक्ति कल्पनाशिल हुन्छन् र तिनिहरुको काम गर्ने शैली रचनात्मक हुन्छन् ।

जसको देब्रे आँखामा कोठी हुन्छ ,तिनिहरु झगडा गर्न तम्सिने र प्रेम पाउँन अपराध समेत गर्ने हुन्छन्।

बाँया आँखामा कोठी हुने मान्छेको दिमाग तेजिलो हुन्छ र कुटनितिक व्यावाहार गर्न सिपालु हुन्छन् ।

दायाँ गालामा कोठी हुनेहरु कामुक हुन्छन र आफ्नो प्रेमी संग झगडा गरिरहन्छन् ।

नाकको बायाँ तिर कोठी भएमा त्यस्ता व्यक्ति कलात्मक हुन्छन ।

दायाँ ओठमा कोठी हुने व्यक्तिको स्वभाव मौलिक हुन्छ र कल्पना शक्ति उत्तम हुन्छ ।

जसको चिउरोमा कोठी हुन्छ त्यस्ता व्यक्ति परम्पराबादि हुन्छन् ।

दाइने खुट्टामा कोठी हुने व्यक्ति बुद्धिमानी हुन्छन।

गर्धनमा कोठी हुने व्यक्तिलाई बढी आराम चाहिन्छ र आराम पनि मिल्छ।

नाकमा कोठी हुने मान्छेले यात्रा धेरै गर्न रुचाउँछन्।

दाइने हत्केलामा कोठी हुने व्यक्ति बलवान हुन्छन्।

बायाँ हत्केलामा कोठी हुने व्यक्तिहरुको प्रेम बलियो हुन्छ।


Last Updated on: March 1st, 2021 at 8:43 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया