सोमबार १३ मंसिर २०७८

काठमाडौं – महिनावारी शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो ।

महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान पुर्‍याउनु पर्ने हुन्छ । महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन् । जसका कारण गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन् अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ ।

महिनावारीमा प्रयोग गरेको कपडा धुएर घाममा सुकाउनु पर्छ । यसले कपडामा भएको परजीवि नाष्ट हुन्छ । कपडा नरम र सुतीको हुनुपर्छ । नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नुहुँदैन । महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनु पर्छ । रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन । यसले शरीर गन्हाउने, घाउ आउने र संक्रमण हुन सक्छ ।

आजकल आधुनिक स्यानिटरी प्याड, ट्याम्पन, मेन्सट्रवल कप प्रयोग गर्छन् । यस्ता सामाग्रीहरुको प्रयोग गरेपनि समय समयम सरसफाई गर्नुपर्ने हुन्छ । महिनावारीको समयमा ध्यान दिनुपर्ने सरसफाइहरु यसप्रकार छन् ।

स्यानेटरी प्याड, ट्याम्पन, मेन्सट्रवल कप अथवा घरमा बनाएको कपडाको प्याड प्रयोग गर्ने

हरेक ६ घण्टामा प्रयोग गरेको प्याड, ट्याम्पन र कपडा फेर्ने र मेन्सट्रवल कप निकालेर पखाल्ने

प्रयोग गरेको प्याड, कपडा र ट्याम्पनलाई कागजले बेरेर ढक्कन भएको डस्टबिनमा सहि तरिकाले फाल्ने

महिनावारीको समयमा सकेसम्म दिनहुँ नुहाउने वा गोप्य अंग राम्ररी सफा गर्ने


Last Updated on: March 1st, 2021 at 9:21 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया