शनिबार ११ मंसिर २०७८

साताको दोस्रो दिन सुनको मूल्य ह्वात्तै घटेको छ । सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मुल्य आज तोलामा १ हजार ७०० रुपैंयाले घटेर प्रतितोला ८७ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार हिजो प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसाय महासंघका अनुसार आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैंया कायम भएको छ । यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैंया रहेको थियो । सुनको मूल्य घटेसँगै आज सुनपसलमा मानिसहरुको घुइचो नै लागेको छ ।


Last Updated on: March 2nd, 2021 at 11:35 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया