आइतबार १९ मंसिर २०७८

स्थानीय गणेश कार्कीका अनुसार आज बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर आगलागी भएको हो । कार्कीले भने, ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौंँ ।’

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाले जानकारी दिए । उनले भने, ‘म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।’ सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले बताए ।


Last Updated on: March 2nd, 2021 at 6:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया