सोमबार १३ मंसिर २०७८

काठमाडौं:पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकी विश्वविद्यालय हावर्डको विद्यार्थी हुने भएकी छिन्। उनी स्नातकोत्तर अध्ययनका लागि विश्व प्रसिद्ध हावर्ड विश्वविद्यालयमा भर्ना भएकी हुन्। इन्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहेकी श्रृंखलाले त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्नेछिन्। उनकी आमा एवं नेकपा (प्रचण्ड–माधव) मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले फेसबुकमा स्टाटस लेख्दै यसको पुष्टि गरेकी छिन्।

उनले लेखेकी छिन्,‘हावर्ड युनिभर्सिटीको विद्यार्थी हुने भएकोमा छोरी श्रृंखलालाई धेरै धेरै बधाई छ।’ श्रृंखलाले पनि आफ्नो फेसबुक पेजमा हावर्ड विश्वविद्यालयमा भर्ना हुन पाएकोमा खुशी व्यक्त गरेकी छिन् । ‘यसलाई म कसरी व्यक्त गरौं थाहा छैन, तर यो नै मेरो अहिलेसम्मकै सबैभन्दा ठूलो खुशी हो’ उनले लेखेकी छिन् । श्रृंखला सन् २०१८ की मिस नेपाल हुन्।

विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन् गर्न पाउनु जीवनको सबैभन्दा ठूलो सफलता रहेको उनले सुनाइन्। उनले सुरुमा आफूलाई हावर्डमा सक्छु भन्ने नलागेको भन्दै लकडाउनको फुर्सदमा भने पढ्न इच्छा लागेकाले जसरी पनि आट्छु भनेर लागेको बताइन्। ‘आ ट्यो भने सकिन्छ नि भन्ने लाग्यो। त्यसका लागि धेरै अध्ययन् र अनुसन्धान गरेँ नभन्दै दुई महिनामै काम भयो,’ उनले भनिन्।


Last Updated on: March 2nd, 2021 at 6:59 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया