आइतबार १९ मंसिर २०७८

सन् १९९० मार्च २ मा जन्मिएका भारतीय अभिनेता टाइगर श्राफको आज ३० औं जन्मदिन परेको छ ।

स्टार किड भएता पनि आफ्नै अभिनय क्षमताको आधारमा बलिउडमा टिकेका टाइगर आजबाट ३० औं वर्षमा प्रवेश गरेका छन् । सामान्य रुपमा हेर्दा उनका बुबा ज्याकी श्रापको कारणले उनको बलिउड डेब्यु सहज थियो। तर यो क्षेत्रमा टिकेर रहन अभिनय नै जरुरी छ । हैन भने धेरै स्टार किड आएर गएको स्थिति रहदैन थियो । यस अर्थमा टाइगरले आफुलाई अब्बल साबित गरेका छन् । दर्शकले पत्याएका छन्, उनलाई ।

डेब्युको समयमा उनको बाहिरी आवरणलाई लिएर धेरै नै टिप्पणी गरियो । तर फिल्म प्रदर्शन भएसंगै उनको क्षमताको कदर भयो । समिक्षकको नजरमा समेत सफल साबित भए, उनी ।

बाबु ज्याकी श्रफका छोरा, भनेर चिनाउनु अब जरुरी देखिएन । फिल्म क्षेत्र प्रवेश गर्नु अगावै टाइगरले प्राप्त गरेको तालिमका कारण आमिर खानका लागि धुम ३ फिल्ममा तयारी गर्न तालिम दिएका थिए । उनलाई फिल्ममा डेब्यु गराउने रहर आमिरले देखाए पनि उनले फिल्म हिरोपन्थीबाट सफल डेब्यु गरे ।

फिल्म डेब्यु गर्नु अघि उनलाई एक टेलिभिजन शोको लागि समेत अफर गरिएको थियो । उनले हाल सम्म हिरोपन्थी, बागी सिरिज, मुन्ना मिचेल, स्टुडेन्ट अफ द इयार २, वार लगायत फिल्ममा काम गरका छन् । उनलाई सानो उमेरमा अभिनय भन्दा बढी फुटबल खेलमा रुची थियो ।


Last Updated on: March 2nd, 2021 at 8:04 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया