बिहिबार १० आषाढ २०७८

सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) अनलाइन आवेदन भर्न लागू गरिएको कोटा प्रणाली हट्ने भएको छ । भोली (बिहीबार) देखी यातायात व्यवस्था विभागले सिस्टम परिमार्जन गर्ने तयारी गरेको हो । अब सेवाग्राहिले चाहेकै समयमा अनलाइन आवेदन दिन सक्नेछन् ।

यातायात व्यवस्था विभाले सबै तयारी पूरा भए बिहीबारदेखी नत्र आइतबारबाट औपचारिक रुपमा कोटा प्रणाली हटाउने तयारी गरिरहेको छ ।

‘हामीले सर्भरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट गर्ने काम गरिरहेका छौं ।’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । यसअघि अनलाइन फर्म भर्दा हरेक दिन कोटा प्रणाली लागु गरिएको थियो । अधिकांस समय सर्भर डाउन हुने र कोटा प्रणालीले गर्दा समस्यामा भएको सेवाग्राहीहरुको गुनासो थियो ।

यातायात व्यवस्था विभागले गत पुष १० गते एउटा सूचना जारी गर्दै १४ गतेदेखी आवेदन खुलाएको थियो । कोभिड १९ को महामारीका कारण सवारी चालक अनुमति पत्र वितरण लामो समयदेखी बन्द गरिएको थियो ।


Last Updated on: January 13th, 2021 at 5:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया