शुक्रबार ०४ आषाढ २०७८

काठमाडौँ । मानिसहरुको जीवन पद्धतिका विषयमा शास्त्रमा उल्लेख गरिएको हुन्छ । शास्त्रलाई मान्ने हो भने तपाईको जीवनमा आउने बाधा व्यवधान सहज रुपमा हटाउन सकिन्छ । कहिलेकाँही मानिसहरुको जीवनमा धेरै समस्या एकैपटक निम्तिन सक्छन् । तर उनीहरुलाई थाहा हुँदैन कि यसको पछाडिको कारण के हो ? यस्तो अवस्थामा त्यस्ता समस्या समाधानको लागि वास्तुशास्त्रको साहारा लिनु उचित हुने ज्योतिष शास्त्रीहरु बताउँछन् । वास्तु शास्त्रका केही टिप्स यस्ता छन् ।

राति सुतेको समयमा सिरानी मुनि गीता या सुन्रकाण्ड राखेर सुत्नुपर्छ । यसले तपाईका शुभ दिन शुरु हुने संकेत गर्छ । यसले तपाईको काममा प्रगति हुने र सफलता मिल्ने बताइन्छ । त्यस्तै वास्तुशास्त्रका अनुसार राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुन्तपर्छ र विहान उठेपछि उक्त मुला शिवलिंगलाई चढाउनाले राहुको दोष निवारण हुने बताइन्छ ।


Last Updated on: January 13th, 2021 at 5:36 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया