सोमबार १३ मंसिर २०७८

स्वर्गीय कलाकार श्री कृष्ण श्रेष्ठ जस्तै देखिने धनढीका प्रकाश चन्दले करुणा पाण्डेसंग बिहे गरेका छन् । उनले आफ्नो विबाहमा आफ्ना परिवारका कुनै पनि सदस्यलाई बोलाएका छैनन् । उनको विबाहमा केटी पक्षका पनि कोही आफन्तहरु आएका छैनन् ।

आएका छन् यदि भने केवल प्रकाश र करुणका साथीहरु मात्रै । प्रकाशले किन अचानक बिहे गरे त त्यो पनि कुनै आफन्तको उपस्थिति बिना नै ? भन्ने प्रश्न उब्जन सक्छ तर त्योभन्दा पहिला नै यो जानकारी गराउन चाहान्छौं कि उनीहरुले केवल रिलका लागी बिहे गरेका हुन् ।

उनीहरुले नयाँ बन्दै गरेको फिल्म तिम्रो हुने कहिले कालागी विबाह गरेका हुन् । उक्त फिल्ममा प्रकाश र करुणाको बिहे हुनै पर्ने सिन भएको हुनाले उनीहरु आजा दुलाहा दुलहीको रुपमा सजिएर रिलकैलागी भएपनि धुमधामले विबाह गरेका छन् ।

फिल्मको कथाले मागे अनुसार नै उनीहरुले आफ्नै वर्षौंदेखिको प्रेमलाई विबाहमा परिणत गरेका छन् । उनीहरुको प्रेममा धेरै नै बाधाहरु आएतापनि अन्ततः प्रकाश र करुणको विबाह भएरै छाड्ने कथा वस्तु भएको हुनाले उनीहरुको विबाह आज सम्पन्न भएको छ ।


Last Updated on: March 3rd, 2021 at 3:05 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया