सोमबार १३ मंसिर २०७८

सुन्दरताको लागि व्यक्तिको अनुहारको बनावट र सुन्दरता महत्वपूर्ण हुन्छ । उमेर बढ्दै जाँदा अनुहारमा चाउरीपना पनि बढ्दै जान्छ । यसले गर्दा अनुहारको सुन्दरतामा कमी देखिन थाल्छ । साथै व्यक्ति वास्तविक उमेर भन्दापनि बूढो देखिन थाल्छ । अनुहारको चाउरीपना हटाउनको लागि मानिसहरु शल्यक्रिया समेत गर्ने गर्छन्। तर त्यो अत्यन्तै महँगो र जोखिमपूर्ण हुनेगर्छ ।

अनुहारको चाउरीपना हटाउनको लागि अनुहारको एक्सर्साइज गर्न सकिन्छ। यसको साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । तर, पनि अनुहारमा प्रयोग गरिने विभिन्न रासायनिक क्रिम र बाहिरको प्रदुषणले अनुहारमा चाउरिपन देखा पर्छ । यस्तो अवस्था घरेलु सामाग्रीको प्रयोगले चाउरीपना हटाउन सकिन्छ । यो विधि निकै सस्तो र जोखिमरहित हुन्छ । नियमित रुपमा प्रयोग गर्नाले यसले प्राकृतिक रुपमै अनुहार चील्लो बनाइदिन्छ र चाउरीपना हटेर जान्छ ।

चाउरीपना हटाउनको लागि बदामको तेल निकै उपयोगी मानिन्छ । बदामको तेलमा गुलाबजल, दुई चम्चा फिटकिरीको धुलो र तीन वटा अण्डा मिलाउनुपर्छ । त्यसपछि त्यो मिश्रणलाई एउटा कचौरामा मिलाउनुपर्छ र हल्का आगोमा तताउनुपर्छ ।

तात्दै जाँदा उक्त मिश्रण सेतो रंगमा बाक्लो बन्दै जान्छ । अब उक्त मिश्रणलाई एउटा सफा भाँडोमा राख्नुपर्छ । त्यसपछि त्यो भाँडोलाई पांच घण्टा यत्तिकै छोड्नुपर्छ । पांच घण्टा पछि खोलेर हेर्दा त्यसमा क्रिम बनिसकेको हुन्छ ।

यो क्रिम एकहप्तासम्म प्रयोग गर्न सकिन्छ । यसमा अण्डाको कुनै गन्ध आउंदैन । किनकी फिटकिरी र बदामको तेलले अण्डाको गन्ध हटाइदिनुका साथै अण्डालाई बिग्रिन पनि दिंदैन । यसरि बनाइएको क्रिम राती सुत्नु अगाडी सफा पानीले मुख धोएर लगाउनुपर्छ र बिहान उठेपछि सफा पानीले मुख धुनुपर्छ । एक महिनामा लगातार यो क्रिम लगाउनाले जस्तोसुकै चाउरीपना पनि हटेर जान्छ ।


Last Updated on: March 3rd, 2021 at 4:04 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६८४० पटक हेरिएको

तपाईको प्रतिक्रिया